Shopping cart

  • Home
  • समाज
  • प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने

Email :134

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ।

शाङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागिता हुन भदौ १४ गते चीन जान लागेका प्रधानमन्त्रीको भ्रमण तालिका परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरेर सार्वजनिक भएको हो।

 

प्रतिनिधिमण्डलमा श्रीमती राधिका शाक्यसहित शिक्षा मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मासहित उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछ।

 

१७ गते प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्। भ्रमण सकेर प्रधानमन्त्री ओली १८ गते स्वदेश फर्किने कार्यक्रम छ।

 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। १६ गते शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सांघाई सहयोग संगठन १५ जुन २००१ मा सांघाईमा काजाकिस्तान, चीन, किर्गिज, रुस, ताजिकिस्तान र उज्बेकिस्तानद्वारा स्थापित एक स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो ।

अहिले सांघाई सहयोग संगठनमा भारत, इरान, काजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान गरी नौ सदस्य छन् । संगठनमा अफगानिस्तान, बेलारुस र मंगोलिया गरी तीन राष्ट्र पर्यवेक्षक छन् ।

संगठनमा नेपाल, अजरबैजान, अर्मेनिया, बहराइन, इजिप्ट, कम्बोडिया, कतार, कुवेत, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, टर्की र श्रीलंका गरी १४ राष्ट्र ‘डायलग पार्टनर’ रहेका छन् ।

 

Comments are closed

Related Post