Email :138
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि शनिबार उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गर्दैछन् ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीले भदौ १६ गते गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तालिका छ ।











Comments are closed