Shopping cart

  • Home
  • समाज
  • जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउ: प्रेस काउन्सिलकाे गम्भीर ध्यानाकर्षण
अन्तर्राष्ट्रिय

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउ: प्रेस काउन्सिलकाे गम्भीर ध्यानाकर्षण

Email :62

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको विषयमा मिडियाको नियमनकारी संस्था प्रेस काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको छ।

काउन्सिलका प्रवक्ता दीपक खनालले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठलाई पक्राउ गर्नु र जनआस्थाको कार्यालयमा प्रहरीले छापा मारेर सञ्चार सामग्री जफत गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘किशोर श्रेष्ठलाई बुधबार राती पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको र आज बिहान उक्त जनआस्थाको कार्यालयमा हातहतियारसहितप्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

समाचार गलत भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्छ। काउन्सिलले समाचारका विषयमा छानबिन गर्छ र त्यसपछि मात्र कारबाहीका प्रक्रियाहरू हुने गर्छ।

तर श्रेष्ठका सवालमा त्यसो नगरी प्रहरीले समाचार लेखेकै भरमा पक्राउ मात्र गरेको छैन, उनको घर र कार्यालयमा छापामा मारेका सञ्चार सामग्रीसमेत बरामद गरेको छ।

काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रकाबारेमा समेत सचेत गराएको छ। काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको बताएको छ।

यस्तो छ विज्ञप्ति –

Comments are closed

Related Post