Shopping cart

  • Home
  • खेलकुद
  • नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती
अन्तर्राष्ट्रिय

नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती

Email :131

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार बिहान भएको अभ्यास खेलमा साउथ अस्ट्रेलियालाई १४७ रनको चुनौती दिएको छ।

पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो। साउथ अफ्रिकाको कसिलो बलिङविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्।

भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन जोडे। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए। पूरै २० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा १४६ रन बनाएको हो।

Comments are closed

Related Post