Shopping cart

  • Home
  • राजनिती
  • थाई अदालतद्वारा प्रधानमन्त्री सिनावात्रा बर्खास्त
अन्तर्राष्ट्रिय

थाई अदालतद्वारा प्रधानमन्त्री सिनावात्रा बर्खास्त

Email :143

थाइल्यान्ड । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न सिनावात्रालाई पदबाट हटाएको छ । सन् २००८ यता अदालतले हटाएका उनी पाँचौँ प्रधानमन्त्री हुन् ।

राजा र सेनाको प्रभावमा रहेको अदालतको यस कदमले थाइल्यान्डमा पुनः राजनीतिक अनिश्चितताको डर बढाएको छ।कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँगको टेलिफोन संवाद सार्वजनिक भएपछि सिनावात्रा विवादमा तानिएकी थिइन् ।

उक्त संवादमा उनले हुन सेनलाई ‘अंकल’ सम्बोधन गर्दै थाइ सेनाको आलोचना गरेकी थिइन् । यसलाई लिएर ३६ सिनेटरले उनले नैतिक आचरण उल्लङ्घन गरेको भन्दै संवैधानिक अदालतमा उजुरी दिएका थिए ।

अदालतका ९ मध्ये ६ न्यायाधीशले सिनावात्राले प्रधानमन्त्रीको हैसियतमा नैतिक आचरण उल्लङ्घन गरेको ठहर गर्दै उनलाई पदबाट हटाउने फैसला सुनाए । यो निर्णयले सिनावात्रा र उनको पार्टी तथा वंशका लागि ठूलो झट्का भएको छ । उनले फैसलाको सम्मान गर्ने बताएकी छन् । अब अर्को निर्वाचनसम्म उपप्रधानमन्त्रीले उनको कार्यभार सम्हाल्नेछन् ।

Comments are closed

Related Post