Shopping cart

  • Home
  • स्वास्थ्य
  • डीडीसीका उत्पादनहरू रास्वपा महाधिवेशन स्थलमा, १० प्रतिशतसम्म छुट
अर्थ

डीडीसीका उत्पादनहरू रास्वपा महाधिवेशन स्थलमा, १० प्रतिशतसम्म छुट

Email :55

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू बिक्रीका लागि राखिएको छ ।

महाधिवेशन स्थलमा स्थापना गरिएको बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका दुग्धजन्य उत्पादनहरू राखिएको हो । ती समानहरूमा ५ देखि १० प्रतिशतसम्म छुट दिइएको छ ।

डीडीसीका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि, आगन्तुक तथा सर्वसाधारणलाई लक्षित गर्दै बिक्री केन्द्र सञ्चालन गरिएको हो ।

यसअघि रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले डीडीसीबाट उत्पादन, चिजसहितको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दा भाइरल भएको थियो ।

 

Comments are closed

Related Post