Shopping cart

  • Home
  • समाज
  • जलवायु न्यायका लागि सत्ता-प्रतिपक्षभन्दा माथि उठौँ : रवि लामिछान
Uncategorized

जलवायु न्यायका लागि सत्ता-प्रतिपक्षभन्दा माथि उठौँ : रवि लामिछान

Email :40

काठमाडौँ,  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का बेला सत्ता र प्रतिपक्षको परम्परागत सोच त्यागेर राष्ट्रिय एकता, मानवीयता र जलवायु न्यायका लागि एकढिक्का भएर विश्वसामु उभिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भोटेकोशी विपत्तिमा देखिएको एकतालाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै पीडितको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। सामाजिक सञ्जालमा पीडितमाथि अवाञ्छित टिप्पणी नगर्न आग्रह गर्दै उनले विपद्का नाममा राजनीति नगर्न पनि सबै पक्षलाई अपिल गरे।
लामिछानेले जलवायु सङ्कटका कारण पीडित नागरिक स्वयं दोषी नभएको भन्दै श्रद्धाञ्जलीमा मात्र सीमित नभई विश्व समुदायसँग जलवायु न्याय माग्न नेपालले बलियो आवाज उठाउनुपर्ने बताए। उनले उद्धारकर्मी, सुरक्षाकर्मी, निजी क्षेत्र, सञ्चार क्षेत्र, गैरआवासीय नेपाली तथा मित्रराष्ट्रहरूको सहयोगको प्रशंसा गरे।

Comments are closed

Related Post