काठमाडौं । नेपाल भाषा र नेपाली साहित्यका जनकवि तथा कालजयी स्रष्टा दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको आइतबार राति काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।
पछिल्लो करिब छ दशकदेखि नेपाल भाषा र नेपाली साहित्यको सिर्जनामा निरन्तर समर्पित श्रेष्ठ कविता, गीत तथा बालसाहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाका रूपमा परिचित थिए। उनका सिर्जनाले नेपाली साहित्यसँगै नेपाल भाषाको साहित्यिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याएको छ।
‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ बोलको लोकप्रिय गीत श्रेष्ठको सर्वाधिक चर्चित सिर्जनामध्ये एक हो। यो गीत नेपाली जनजीवनमा समेत अत्यन्त लोकप्रिय बनेको छ।
साहित्य र भाषाको क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएबापत श्रेष्ठलाई जगदम्बा–श्री पुरस्कारबाट सम्मानित गरिएको थियो।














Comments are closed