Shopping cart

  • Home
  • समाज
  • चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत
अन्तर्राष्ट्रिय

चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत

Email :52

चितवन । राष्ट्रिय फोटो पत्रकार समूह (NFPJ) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएको बङ्गलादेशी फोटो पत्रकारहरूको टोलीलाई  चितवनमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन शाखाले हार्दिक स्वागत गरेको छ।

चितवन शाखाका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा होटल बिस्टा, चितवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा फोटो पत्रकार विकास पौडेल, सचिव रामु आचार्य, उपाध्यक्ष रामेश्वर रिजाल, सहसचिव निराजन घिमिरेलगायतको सहभागिता रहेको थियो। सो अवसरमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई फूलमाला लगाएर आत्मीय स्वागत गरिएको थियो।

परिचयात्मक कार्यक्रमपछि बङ्गलादेशी फोटो पत्रकार टोली चितवनको प्राकृतिक सौन्दर्य तथा वन्यजन्तुको अवलोकनका लागि जङ्गल सफारीमा सहभागी हुनुभएको छ।

नेपाल-बङ्गलादेशका फोटो पत्रकारबीचको मैत्रीपूर्ण सम्बन्ध, व्यावसायिक सहकार्य तथा पर्यटन प्रवर्द्धनमा यस भ्रमणले थप योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Comments are closed

Related Post