Shopping cart

  • Home
  • समाज
  • गाेपनीयता कायम हुनु पर्ने विषय पनि सामाजिक संजालमा सार्वजनिक भएको प्रति सांसद आचार्यकाे आपत्ति
देश

गाेपनीयता कायम हुनु पर्ने विषय पनि सामाजिक संजालमा सार्वजनिक भएको प्रति सांसद आचार्यकाे आपत्ति

Email :9

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा महामन्त्री विपिनकुमार आचार्यले बारामा हत्या भएकी गरिमा चौधरीका आमाबुवाले धन्यवाद दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले मन्त्रालयभित्र भएका गोप्य कुराकानी तथा संवेदनशील विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक हुनु गलत भएको बताएका हुन्।

उनले मन्त्रालयभित्र भएको कुराकानीपछि गरिमा चौधरीका आमाबुवाले धन्यवाद दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा बारामा प्रहरीले पक्राउ गरेका अभियुक्तले दिएको बयानसमेत सामाजिक सञ्जालमा बाहिर आएको भन्दै असन्तुष्टि जनाए।

‘मन्त्रालयभित्रका कुराकानीहरू र धन्यवाद भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। साथै, बारामा प्रहरीले पक्राउ गरेका अभियुक्तले दिएको बयानसमेत सामाजिक सञ्जालमा सार्वजनिक हुनु सामाजिक रूपमा राम्रो कुरा होइन,’ उनले भने।

सांसद आचार्यले यस्ता संवेदनशील विषय सार्वजनिक गर्दा समाजमा नकारात्मक असर पर्न सक्ने भन्दै यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताए।

‘हामी समाजलाई कता लैजाँदैछौँ? कुन तरिकाले हामी समाज चलाउन खोज्दैछौँ? यो गलत हो। यस्तो कुरा रोकिनुपर्छ,’ आचार्यले भने।

Comments are closed

Related Post