Shopping cart

  • Home
  • समाज
  • गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
देश

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

Email :40

काठमाडौं । बाराको जितपुर–सिमरा उपमहानगरपालिकाकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

मानव अधिकारकर्मी, महिला अधिकारकर्मी तथा गरिमाका आफन्तहरूले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्ड बोकेर ‘जस्टिस फर गरिमा चौधरी’, ‘गरिमालाई न्याय दे’, ‘गरिमा चौधरीका लागि न्याय’, ‘बलात्कारीलाई कारबाही गर’ र ‘न्याय देऊ सरकार’ लगायतका नारासहित प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको भनिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्। साथै, पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी प्रभावकारी कदम चाल्न उनीहरूले माग गरेका हुन्।

गरिमाको न्यायका लागि आयोजित प्रदर्शनमा मानव अधिकारवादी तथा महिला अधिकारकर्मीहरूको पनि सहभागिता रहेको छ।

Comments are closed

Related Post