Shopping cart

  • Home
  • राजनिती
  • कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या २५४ पुग्यो, उद्धारकार्य जारी
अन्तर्राष्ट्रिय

कोलम्बिया भूकम्पमा मृत्यु हुनेको संख्या २५४ पुग्यो, उद्धारकार्य जारी

Email :49

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा २५४ पुगेको छ। भूकम्पबाट ठूलो जनधनको क्षति भएपछि उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्।

भूकम्पका कारण आवासीय भवन, घर, विद्यालय तथा स्वास्थ्य केन्द्रलगायतका संरचनामा ठूलो क्षति पुगेको छ। कतिपय भवन पूर्णरूपमा भत्किएका छन् भने केहीमा चर्किने तथा अन्य संरचनात्मक क्षति देखिएको छ।

भूकम्पको केन्द्रबिन्दु नजिकै पर्ने प्रशान्त महासागर किनारको आदिवासी बस्तीमा विद्युत् तथा आधारभूत सेवाको अभाव देखिएको छ। उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिस फसेको हुनसक्ने आशंकामा केही समय पूर्ण रूपमा शान्त रहन आग्रह गर्दै आवाज सुन्ने प्रयाससमेत गरिरहेका छन्। भूकम्पपछि सयभन्दा बढी परकम्पसमेत रेकर्ड भएको जनाइएको छ।

Comments are closed

Related Post