Shopping cart

  • Home
  • समाज
  • के के कुराकानी भयो ? भण्डारी-ओलीबीच दुई घण्टा लामो छलफलमा
Uncategorized

के के कुराकानी भयो ? भण्डारी-ओलीबीच दुई घण्टा लामो छलफलमा

Email :113

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ता एमाले मुख्यालय च्यासलमा भएको हो ।

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार, उनीहरूबिच करिब दुई घण्टा लामो छलफल भएको छ ।

छलफल समसामयिक विषयहरूमा केन्द्रित रहेको बुझिएको छ, तर विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन । भेटपछि पूर्वराष्ट्रपति भण्डारी च्यासलबाट बाहिरिसकेकी छिन् ।

भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका केही प्रश्नको जबाफ दिएकी छन् । उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए । जबाफमा उनले ‘सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो’ भनेकी छन् ।

‘तर आज सदस्यता नवीकरणको विषयमा कुराकानी भएन,’ उनले भनिन् । उनकाअनुसार आज समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो । ‘राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको हो,’ उनले भनिन्।

Comments are closed

Related Post