Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने निर्णय
देश

कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने निर्णय

Email :98

धनगढी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ।

लामो समयदेखि प्रदेशसभा बैठकमा बिनाजानकारी अनुपस्थित रहँदै आएका देउवालाई पदमुक्त गर्ने निर्णय गरिएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार निर्णय औपचारिक रूपमा भोलिको प्रदेशसभा बैठकबाट सुनाउने तयारी छ।

पूर्वमन्त्रीसमेत रहेका देउवा हाल अमेरिकामा छन्। उनी गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अमेरिका गए पनि आफ्नो पार्टी, प्रदेशसभा र प्रदेश सरकारलाई त्यसबारे औपचारिक जानकारी गराएका थिएनन्।

बैठकमा लगातार अनुपस्थित भए पनि उनको खातामा विगत ११ महिनादेखि प्रदेशसभा सदस्यको तलब भने नियमित रूपमा गइरहेको जनाइएको छ। देउवा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्।

Comments are closed

Related Post