Shopping cart

  • Home
  • समाज
  • उद्योगमन्त्रीमा दीपककुमार साहले लिए शपथ
देश

उद्योगमन्त्रीमा दीपककुमार साहले लिए शपथ

Email :43

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याललगायतको उपस्थिति रहेको थियो ।

निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि साहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

Comments are closed

Related Post