Shopping cart

  • Home
  • समाज
  • उत्पादनसँगै प्रसारण र वितरण सुधारमा जोड : ऊर्जामन्त्री श्रेष्ठ
देश

उत्पादनसँगै प्रसारण र वितरण सुधारमा जोड : ऊर्जामन्त्री श्रेष्ठ

Email :66

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादन बढाउनुका साथै प्रसारण र वितरण प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउनु सरकारको प्राथमिकता रहेको बताएका छन्।

प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले बारम्बार हुने ट्रिपिङ, भोल्टेजको उतार–चढाव र ट्रान्सफर्मरको समस्यालाई समाधान गर्न फिडर तथा ट्रान्सफर्मरको क्षमता वृद्धि, सबस्टेसन विस्तार र प्रसारण–वितरण लाइन स्तरोन्नतिको काम अघि बढाइएको जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यका र प्रमुख सहरमा स्मार्ट मिटर तथा सबस्टेसन अटोमेसन विस्तारलाई समेत तीव्रता दिइएको छ। वर्षायाममा हावाहुरी, चट्याङ, बाढी र पहिरोबाट विद्युत् संरचनामा हुने क्षति तत्काल मर्मत गरी आपूर्ति सहज बनाउन प्राधिकरणका कर्मचारी परिचालन भइरहेको उनले बताए।

मन्त्री श्रेष्ठले उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न ऊर्जा मन्त्रालयको ११५१ र नेपाल विद्युत् प्राधिकरणको ११५० हटलाइन चौबीसै घण्टा सञ्चालनमा रहेको जानकारी दिँदै नियमित, गुणस्तरीय र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउनु सरकारको मुख्य लक्ष्य रहेको स्पष्ट पारे।

Comments are closed

Related Post