Shopping cart

  • Home
  • समाज
  • आसाममाथि नेपाल ‘ए’ ९६ रनले विजयी
अन्तर्राष्ट्रिय

आसाममाथि नेपाल ‘ए’ ९६ रनले विजयी

Email :230

काठमाडौँ। भारतको गुवाहिटीमा जारी टी-२० श्रृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसनको टिमलाई ९६ रनले हराएको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १७३ रन बनाएको हो। १७४ रनको लक्ष्य पछ्याएको आसाम १५.२ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा समेटिएको हो।

आसामलाई सस्तैमा समेट्न नेपालका स्पिनर युवराज खत्रीले चार विकेट लिनुभयो। उत्कृष्ट बलिङ गर्नुभएका खत्रीले ३।२ ओभरमा १५ रन खर्चिएर चार विकेट लिएका हुन्।

त्यसैगरी बसिर अहमदले २६ रन खर्चिएर तीन विकेट लिनुभयो भने आकाश चन्दले एक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोरा र देव खनालले समान ३५र३५ रन जोड्नुभयो भने पवन सर्राफले ३१ रन जोडे।

यसअघि बिहीबार भएको पहिलो खेलमा आसामसँग नेपाल डकवर्थ लुइस (डिएल) प्रणालीका आधारमा १५ रनले पराजित भएको थियो। आजको जितसँगै आसामसँगको पाँच खेलको सिरिजमा नेपालले १-१ बराबरी गरेको छ।

बिहीबार जितका लागि आसामले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याइरहेको नेपालले आठ ओभरमा तीन विकेटको क्षतिमा ६४ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो। त्यसपछि खेलको निर्णय डिएल प्रणालीमा भएको हो।

Comments are closed

Related Post