Shopping cart

  • Home
  • स्वास्थ्य
  • ‘आरोग्यका लागि दौड’ सम्पन्न, युवा शक्तिलाई सही दिशामा अघि बढाउन आह्वान
अन्तर्राष्ट्रिय

‘आरोग्यका लागि दौड’ सम्पन्न, युवा शक्तिलाई सही दिशामा अघि बढाउन आह्वान

Email :91

काठमाडौं । युवा दिवसको अवसरमा जीवन विज्ञान चावहिलको आयोजनामा सञ्चालित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘आरोग्यका लागि दौड (Run for Wellness)सम्पन्न भएको छ ।

कार्यक्रमअन्तर्गत आज ५ किलोमिटर युवा दौड आयोजना गरिएको हो । रमेश नेपाल र एल पी भानु शर्माले दौडको शुभारम्भ गरेका थिए । दौड सिफल चौरबाट सुरु भई सिनामंगलस्थित पिपलबोट हुँदै पुनः सिफल चौरमै पुगेर सम्पन्न भएको थियो ।

दौडमा महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई मेडल तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमले युवालाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने सन्देश दिएको आयोजकले जनाएको छ । कार्यक्रममा ‘युवा शक्ति नै राष्ट्रको पुँजी हो, यसलाई सही दिशामा अघि बढाऔँ’ भन्ने सन्देशसमेत प्रवाह गरिएको थियो ।

Comments are closed

Related Post