Shopping cart

  • Home
  • शिक्षा
  • आज लाग्दैछ दुर्लभ सूर्यग्रहण,नेपालबाट देखिँदैन
अन्तर्राष्ट्रिय

आज लाग्दैछ दुर्लभ सूर्यग्रहण,नेपालबाट देखिँदैन

Email :76

काठमाडौँ । आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। यो ग्रहणको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। तर नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश भागबाट भने यो खगोलीय घटना देखिने छैन।

नासाका अनुसार यो सन् १९९९ पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो। पूर्ण खग्रास ग्रहणको मार्गमा करिब १ करोड ५० लाख मानिस पर्ने अनुमान छ। त्यस्तै, उत्तरी गोलार्धका अन्य धेरै स्थानबाट आंशिक ग्रहण देखिने भएकाले करिब ९८ करोड मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन्।

 

Comments are closed

Related Post