Shopping cart

  • Home
  • समाज
  • आज यी स्थानमा भारी वर्षाको सम्भावना
देश

आज यी स्थानमा भारी वर्षाको सम्भावना

Email :47

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको जनाएको छ। शुक्रबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशक एक दुई ठाउँमा छिटपुट वर्षा भएको छ।

पछिल्लो चौबीस घन्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ।

डोटीको झिग्रानामा पछिल्लो चौबीस घन्टामा ७५.२ मिलिमिटर, डडेलधुराको चौरबन्डालेमा ६६.२ मिलिमिटर, दैलेखको ग्वाटीमा ६२.६ मिलिमिटर, मुगुको मांग्रीमा ६५.२ मिलिमिटर, दोलखाको काब्रेमा ५९.६ मिलिमिटर वर्षा मापन भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ।

देशको हिमाली भू-भागका केही स्थानमा तथा  पहाडी -भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै  स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भाग,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार राति  देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।

देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति नै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ|

Comments are closed

Related Post