Shopping cart

  • Home
  • समाज
  • स्वास्थ्य बीमा तत्काल सञ्चालन गर्न सांसद रञ्जु दर्शनाको माग
देश

स्वास्थ्य बीमा तत्काल सञ्चालन गर्न सांसद रञ्जु दर्शनाको माग

Email :54

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शना (न्यौपाने)ले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नहुँदा नागरिक मर्कामा परेको भन्दै तत्काल सेवा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थापाथलीस्थित परोपकार प्रसूति गृह पछाडि निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्रप्रति पनि आपत्ति जनाइन्। संवेदनशील स्वास्थ्य संस्थानजिक पर्याप्त सूचना र पारदर्शिताबिना केन्द्र निर्माण गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उनले निर्माण रोक्न माग गरिन्।

दर्शनाले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेका तर सुन हराएपछि न सुन फिर्ता पाएका, न बजार मूल्यअनुसार क्षतिपूर्ति पाएका पीडितको समस्या पनि तत्काल समाधान गर्न सरकारसँग आग्रह गरिन्।

Comments are closed

Related Post