Shopping cart

  • Home
  • समाज
  • वीरगन्जमा उपभोक्ता अदालत स्थापनाका लागि मधेस सरकारले सहयाेग गर्ने मन्त्री पटेलकाे प्रतिबद्धता
देश

वीरगन्जमा उपभोक्ता अदालत स्थापनाका लागि मधेस सरकारले सहयाेग गर्ने मन्त्री पटेलकाे प्रतिबद्धता

Email :64

वीरगन्ज । मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले वीरगन्जमा उपभोक्ता अदालत स्थापना तथा सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उपभोक्ता हित संरक्षण मञ्च नेपालले आइतबार वीरगन्जमा आयोजना गरेको ‘उपभोक्ता अदालत स्थापना तथा सञ्चालन र नसर्ने रोग रोकथामसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री पटेलले उपभोक्ता अधिकार सुनिश्चित गर्न प्रभावकारी कानुनी तथा नियामक संयन्त्र आवश्यक रहेको बताए।
वीरगन्ज प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र भएकाले यहाँ उपभोक्ता ठगी, गुणस्तरहीन वस्तु तथा सेवा, मूल्यमा हुने अनियमितता र अधिकार उल्लङ्घन नियन्त्रणका लागि उपभोक्ता अदालत आवश्यक रहेको सरोकारवालाले बताएका थिए।
पर्सा जिल्ला अदालतका न्यायाधीश महेन्द्र पोखरेलले उपभोक्ता विवादलाई सहज र प्रभावकारी रूपमा समाधान गर्न विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखे।
मञ्चका केन्द्रीय अध्यक्ष ज्योति वानियाँले उपभोक्ता अधिकार संरक्षणका लागि तीनै तहका सरकार, न्यायिक निकाय, व्यवसायी, नागरिक समाज र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। उनले काठमाडौं, ललितपुर र भक्तपुरमा उपभोक्ता अदालत सञ्चालनमा रहेको जानकारी दिँदै अन्य प्रदेशमा समेत विस्तार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उपभोक्ता अधिकार तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार विजय भण्डारी, निरज पिठाकोठे, अजित भुजेल र अजय अधिकारीलाई सम्मान गरिएको थियो।

Comments are closed

Related Post