Shopping cart

  • Home
  • राजनिती
  • विपद्मा २४७ जनाको मृत्यु, सरकारको कार्यशैलीप्रति केरुङको आक्रोश
देश

विपद्मा २४७ जनाको मृत्यु, सरकारको कार्यशैलीप्रति केरुङको आक्रोश

Email :81

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्राकृतिक विपद् व्यवस्थापनदेखि प्रेस स्वतन्त्रतासम्मका विषयमा सरकार गम्भीर नदेखिएको भन्दै कडा आलोचना गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै केरुङले वैशाख १ देखि साउन ३१ गतेसम्म देशभर ४ हजार ६८१ विपद्का घटना हुँदा २४७ जनाको मृत्यु, १५ जना बेपत्ता र १ हजार ४६३ जना घाइते भएको तथ्यांक प्रस्तुत गरे। विपद्बाट ५ हजार ७०९ परिवार प्रभावित भए पनि सरकारले प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा ध्यान नदिएको उनको आरोप छ।

उनले सुकुम्बासीप्रतिको राज्यको व्यवहार, भक्तपुर होल्डिङ सेन्टरमा हिरा मिजार दुसाधको आत्महत्यालगायत घटनाले राज्य संयन्त्रको संवेदनशीलतामाथि प्रश्न उठाएको बताए।

त्यस्तै, पत्रकारमाथिको दबाब, सिंहदरबार प्रवेशमा कडाइ र सञ्चार गृहमा तोडफोडजस्ता घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउने भन्दै केरुङले सरकारको ध्यान जनजीविका, विपद् व्यवस्थापन र लोकतान्त्रिक अधिकार संरक्षणतर्फ केन्द्रित गर्न माग गरे।

Comments are closed

Related Post