Shopping cart

  • Home
  • राजनिती
  • लघुवित्त पीडितको सामूहिक आमरण अनशन माइतीघरमा सुरु
अर्थ

लघुवित्त पीडितको सामूहिक आमरण अनशन माइतीघरमा सुरु

Email :58

काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघरमण्डलमा सामूहिक आमरण अनशन सुरु गरेका छन् ।

यसअघि लघुवित्त पीडितको एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । तर, आजदेखि अर्को समूहले ‘लघुवित्त पीडितले न्याय नपाएको’ भन्दै आमरण अनशन सुरु गरेको घोषणा गरेको हो ।

संघर्ष समितिका अनुसार चर्को ब्याज, चक्रवृद्धि ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीबाट पीडित बनेका नागरिकले न्याय नपाएको भन्दै अनशन थालेका हुन्। सरकारसँग भएका सहमति कार्यान्वयन नभएकाले बाध्य भएर आन्दोलनको यो चरणमा उत्रिनुपरेको समितिको भनाइ छ।

समितिले आफ्ना माग राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ।

उनीहरूले आफू लामो समयदेखि ग्रामीण तथा सहरी क्षेत्रका विपन्न, किसान र मजदुरहरू चर्को ब्याज, चक्रवृद्धि (कम्पाउन्ड) ब्याज, धितो लिलामी तथा गैरकानूनी असुलीको मारमा पर्दै आएको बताएका छन् ।

सरकारसँग भएका सहमति समेत कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपर्ने अवस्था आएको उनीहरूको भनाई रहेको छ ।  लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित सङ्घर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशन सहित आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ ।

Comments are closed

Related Post