काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी रूपान्तरणको मत राख्दै आएकाहरूलाई पार्टी छाड्न चेतावनी दिएका छन् ।
पार्टी रूपान्तरणको नाममा हुलदंगा भइरहेको टिप्पणी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । शनिबार इलाममा आयोजित कार्यक्रममा उनले पार्टीको विरोध गरेर सामाजिक सञ्जालमा जे पायो त्यही लेख्ने र पार्टी कार्यालयको क्यान्टिनमा बसेर हुलदंगाको काम बन्द गर्न चेतावनी दिए ।
यस्ता गतिविधि नरोकिए अनुशासनको कारबाही हुने ओलीको चेतावनी छ । ”पार्टीको विरोध गरेर, सामाजिक सञ्जालमा जे पायो त्यही लेखेर हिँड्न पाइँदैन। पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नु पर्छ। अर्को पार्टीमा जाने हो भने त्यहीँको अनुशासन पालना गरे हुन्छ,” ओलीले भने, ”पार्टीमा काम नगर्ने हो भने घरै बसे हुन्छ। सम्झाउँदा पनि नमान्नेलाई विधि र विधान अनुसार कारबाही गरिन्छ।”














Comments are closed