Shopping cart

  • Home
  • समाज
  • रास्वपाले राहत कोषमा रकम जम्मा गर्ने
देश

रास्वपाले राहत कोषमा रकम जम्मा गर्ने

Email :18

काठमाडौं । रसुवामा बाढीबाट ठूलो क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राहतका लागि आर्थिक सहयोग गर्ने तयारी गरेको छ। पार्टीले आकस्मिक बैठक बोलाएर राहत कोषमा उपलब्ध गराउने रकमबारे निर्णय गर्ने भएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले केहीबेरपछि बस्ने आकस्मिक बैठकबाट राहतका लागि पार्टीले दिने रकम तय गरिने जानकारी दिए।

उनका अनुसार विपद्को समयमा पार्टीका सांसदहरूले व्यक्तिगत रूपमा सहयोग गर्नेभन्दा सामूहिक रूपमा सरकारलाई आवश्यक सहयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकले निर्णय गर्नेछ।

रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको बाढीका कारण टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन्। भोटेकोशी नदीमा बाढी मिसिएपछि बस्ती तथा बजारसँगै सडक, प्रहरी कार्यालय र जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

यसअघि रास्वपाकी सांसद समीक्षा बास्कोटाले राष्ट्रिय विपद् कोषमा आफ्नो दुई महिनाको तलब तथा भत्ता जम्मा गर्ने घोषणा गरिसकेकी छन्।

रसुवामा भएको विपद्पछि खोजी, उद्धार तथा राहतको काम जारी रहेका बेला रास्वपाले संस्थागत रूपमा सहयोग गर्ने तयारी गरेको हो।

Comments are closed

Related Post