Shopping cart

  • Home
  • राजनिती
  • रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
देश

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार

Email :77

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार बिहान ११ बजे पार्टी कार्यालय घण्टीघरमा शपथ लिने भएका छन् ।

चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा मनोनीत पदाधिकारी र सदस्यहरूबारे छलफल हुनेछ ।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो । सभापति लामिछानेले भरतपुरमै शपथ लिएका थिए ।

Comments are closed

Related Post