Shopping cart

  • Home
  • मुख्य समाचार
  • मलेसियामाथि नेपाल ६ विकेटले विजयी, १०४ रनको लक्ष्य २१.४ ओभरमै पूरा
अन्तर्राष्ट्रिय

मलेसियामाथि नेपाल ६ विकेटले विजयी, १०४ रनको लक्ष्य २१.४ ओभरमै पूरा

Email :59

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियामाथि ६ विकेटको शानदार जित हात पारेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको थियो। नेपालका बलरहरूसामु मलेसियाली ब्याटरहरू टिक्न नसक्दा टोली सामान्य योगफलमै सीमित भएको हो।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ४.३ ओभरमा दुई मेडनसहित ४ विकेट लिए। ललित राजवंशीले ६ ओभरमा एक मेडनसहित २ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले ८ ओभरमा एक मेडन राख्दै २२ रन दिएर १ विकेट हात पारे।
त्यस्तै दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर १ विकेट लिए भने हेमन्त धामीले पनि १ विकेट लिए।
मलेसियाले दिएको १०४ रनको लक्ष्य पछ्याएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। यससँगै नेपालले ६ विकेटको सहज जित दर्ता गरेको हो।
मलेसियाविरुद्धको यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो दाबेदारी थप बलियो बनाएको छ। समूह चरणका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुईमा रहन सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामी एसिया कपमा स्थान बनाउने भएकाले नेपालका लागि प्रत्येक खेल महत्वपूर्ण रहेको छ।

Comments are closed

Related Post