Shopping cart

  • Home
  • राजनिती
  • मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
देश

मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक

Email :49

काठमाडौँ ।  सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका चार प्रमुख निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरूको जानकारी दिएका हुन्।

उनका अनुसार ऊर्जा, कृषि, सहकारी तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले नेपाल-चीन जोड्ने चिलिमे-केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै, आगामी आर्थिक वर्ष ०८३-०८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। निर्णय अनुसार मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ।

बैठकले सहकारी क्षेत्रमा देखिएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। सरकारले उक्त प्रतिवेदन सार्वजनिक गरी सहकारी क्षेत्र सुधारसम्बन्धी विषयलाई थप पारदर्शी बनाउने संकेत दिएको छ।

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल लाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।

Comments are closed

Related Post