Shopping cart

देश

भाइरलको लोभ

Email :678

गोपाल बराल

आज बिपतमा परेका
नागरिकहरु
उद्धार र राहत को
प्रतिक्षामा तड्पिएर
ज्यान जोगाउन
गुहार माग्दै
चिच्याई चिच्याई
रोइरहेको दृश्यले
हरेक मानिसको मन
बिव्हल भैरहेको छ।
केही अपराधिक
मानसिकता भएका
मानिसको मन देखेर
मानिस त के पशुपनि
लजाइ रहेको भान हुन्छ।
कोही ज्यान बचाइ दिन
हार गुहार गरिरहेका छन् ।
कोही ज्यान जोखिममा राखेर
उद्धार कार्यमा जुटिरहेका छन् ।
कोही भने
आफ्नो ज्यान
जोखिममा पारेर
मुर्दाको घाँटी र कान
छामछामछुमछुम गर्दै
सुनको गरगहना
बटुल्न ब्यस्त छन्।
कोही त आफ्नो
ज्यान जोखिममा पारेर
बाढीमा बगेका
ग्यास सिलिन्डर बटुलेर
चरम दरिद्रताको पहिचान
पस्किरहेका छन्।
दुई मिनेट अगाडिसम्म
मेरो सम्पत्ति
यति र उति भनेर
रबाफ लगाई रहेको
साहु ब्यापारी
एकछिन् पछि
भोटेकोशी को भेलले
सम्पूर्ण धनसम्पत्ति बगाएर
सडक छाप बनेको छ ।
गाँस बास कपास रित्तिएर
अरुको राहतको प्रतिक्षामा
टोलाएर कुरी बसेको छ।
त्यस्तो बिषम
परिस्थितिलाई पनि
सहजै पचाएर कोही
मानवीय सहयोगकालागि
सबै तिर
हार गुहार गरिरहेका छन् ।
कोही साम्सदहरु
टिकटक र फेसबुकमा
भाइरल हुने रहरले
उद्धार कार्यमा जुटिरहेका
सुरक्षाकर्मीलाई समेत
अनाहकमा बिथोलेर
साम्सद पदको तुजुक
पस्किरहेका छन्।
सायद तिनीहरूलाई
माननीय साम्सद पदको
गरिमा के हो?
अत्तोपत्तो छैन ।
जसलाई, जहाँ ; जे बोले पनि
भाइरल होइन्छ
भन्ने लोभमा
जन्ती जाँदा रुने र
मलाम जाँदा हास्ने
भाइरल रोग
लागेको छ।
तेसैले त उनीहरु
भोटेकोशी, बेत्रावती र त्रिशुली बगरमा
मान्छे बचाउन छोडेर
टिकटक फेसबुकको लागि
फोटो भिडियो खिच्न
खिचाउन व्यस्त छन् ।
माननीय साम्सद पदको
गरिमा दाउमा राखेर
राहत उद्धार कार्यमा
जुटिरहेको
झुटो समाचार पस्किरहेका छन्।
मान्छेको कोलाहलमा
फेसबुक र टिकटकको ब्यापारमा
सम्पूर्ण इज्जत दाउमा राखेर
साम्सद पदको
गरिमा कायम राख्न छाडेर
टिकटक र फेसबुकमा
भ्यूज बढाउने
उद्योग गरिरहेका छन् ।
नाथे मतदाता
रिसाओस् कि खुसाओस्
उसलाई बाल मतलव छैन।
भोटेकोशी, बेत्रावती र त्रिशुलीको बगरमा
कोही रोओस् कि मरोस्
उसलाई बाल मतलव भएन ।

मड्गाल जोरपाटी

Comments are closed

Related Post