Email :55
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते (२४ सेप्टेम्बर) सम्बोधन गर्ने भएका छन्।
महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीजस्ता विपद्, जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति र ‘जलवायु न्याय’ को मुद्दा विश्व समुदायसमक्ष उठाउने तयारी छ।
नेपालको औपचारिक प्रस्तावपछि संशोधित वक्ता सूचीअनुसार प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरको सत्रमा १७औँ वक्ताका रूपमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री बनेको पाँच महिनापछि हुने यो उनको पहिलो विदेश भ्रमणसमेत हो।
देश बाढीपहिरोको उद्धार तथा राहतमा केन्द्रित रहेकाले उनको अमेरिका भ्रमण छोटो हुने र सम्बोधनलगत्तै स्वदेश फर्किने तयारी गरिएको छ।














Comments are closed