Shopping cart

  • Home
  • स्वास्थ्य
  • बाढी प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारको आकस्मिक स्वास्थ्य टोली परिचालन
देश

बाढी प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारको आकस्मिक स्वास्थ्य टोली परिचालन

Email :178

नबराज काफ्ले
हेटौंडा, ।  बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको आकस्मिक स्वास्थ्य उपचार तथा उद्धारमा सहयोग पुर्‍याउन बागमती प्रदेश सरकारका प्रादेशिक अस्पतालहरूबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य टोली विभिन्न क्षतिग्रस्त क्षेत्रमा परिचालन गरिएको छ।

बागमती प्रदेश सरकारका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको संयोजनमा विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउने उद्देश्यले प्रादेशिक अस्पतालहरूबाट Emergency Medical Team (EMT) परिचालन गरिएको हो। प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रदेशका सम्पूर्ण अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिइएको छ।

यसैक्रममा भक्तपुर अस्पतालबाट बाढीपीडितका लागि आकस्मिक स्वास्थ्य टोली त्रिशूलीतर्फ प्रस्थान गरेको छ। टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिवाकर सुवेदी, जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, आईटी इन्जिनियर दिपेश खड्का, स्टाफ नर्स संगिता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोट्रेल रहेका छन्।

त्यसैगरी टोखा चण्डेश्वरी अस्पतालबाट पनि Emergency Medical Team त्रिशूलीतर्फ परिचालन गरिएको छ। टोलीमा मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्का, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक संगिता छत्कुली, स्टोर किपर लीला बहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धो कुमारी राना र सवारी चालक उत्तर कुमार गुरुङ रहेका छन्।

बज्रबाराही अस्पतालबाट समेत आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। उक्त टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कसिन नेपाली, मेडिकल अधिकृत डा. आयुष जंग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स सण्डिला महत रहेका छन्।

प्रदेश सरकारले बाढी तथा अन्य विपद्का कारण प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीसहितका टोलीलाई आवश्यकता अनुसार प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरेको छ।

बागमती प्रदेशका अन्य प्रादेशिक अस्पतालहरूबाट समेत स्वास्थ्यकर्मी तथा आकस्मिक स्वास्थ्य टोली परिचालनको तयारी भइरहेको जनाइएको छ। सम्भावित थप स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै प्रदेशअन्तर्गतका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई सतर्क र तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

प्रदेश सरकारको यो कदमले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई घटनास्थलमै प्राथमिक उपचार, आकस्मिक स्वास्थ्य सेवा तथा आवश्यक परे थप उपचारका लागि रेफर गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विपद्को कठिन घडीमा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष परिचालनले प्रभावित नागरिकको जीवनरक्षा तथा स्वास्थ्य सुरक्षामा राज्यको उपस्थिति थप मजबुत बनाउने विश्वास गरिएको छ।

Comments are closed

Related Post