Shopping cart

अर्थ

बाढीपीडितका लागि कांग्रेसले एक करोड दिने

Email :104

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने निर्णय गरेको छ।

केन्द्रीय कार्यालयमा बसेको बैठकले राहत तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

चालिसेले सुरुङमा फसेका नागरिकको उद्धारका लागि तत्काल प्रभावकारी प्रयास गर्नुपर्ने र आवश्यक परे अन्तर्राष्ट्रिय विज्ञको सहयोग लिनुपर्ने बताए। खोज तथा उद्धारलाई परिणाममुखी बनाउनुपर्ने उनको भनाइ छ।

उनले स्थानीय तहलाई जिम्मेवारी दिएर पीडितसम्म तत्काल राहत पुर्‍याउनुपर्नेमा जोड दिए। रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावित भएका पर्यटक तथा व्यवसायीको पनि खोजी र सुरक्षामा विशेष ध्यान दिनुपर्ने कांग्रेसले जनाएको छ।

Comments are closed

Related Post