Shopping cart

  • Home
  • समाज
  • प्रेस स्वतन्त्रता हननका १०१ घटना, ११९ पत्रकार पीडित
देश

प्रेस स्वतन्त्रता हननका १०१ घटना, ११९ पत्रकार पीडित

Email :78

काठमाडौं । नेपालमा पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रतासम्बन्धी १०१ वटा घटना अभिलेखन भएको प्रेस काउन्सिल नेपालले जनाएको छ।

प्रेस काउन्सिल नेपालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ साल साउन १ गतेदेखि २०८३ साल असार मसान्तसम्म स्वअनुगमन तथा पत्रकारबाट प्राप्त उजुरीका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी १०१ घटना अभिलेखन गरिएको हो।

काउन्सिलले प्रेस स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन अनुगमन, उजुरी सुनुवाइ तथा आवश्यक कारबाही गर्दै आएको जनाएको छ।

अभिलेखअनुसार सबैभन्दा बढी धम्कीका ३६ घटना भएका छन्। त्यस्तै आक्रमणका २७, पेसागत असुरक्षाका १३, कब्जा/अवरोधका १०, दुर्व्यवहारका ५, पक्राउका ३, गालीगलौजका ३, नीतिगत बन्देजका ३ तथा शङ्कास्पद मृत्युको १ घटना अभिलेख गरिएको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी घटना बागमती प्रदेशमा ४७ वटा रहेका छन्। मधेसमा १८, कोशीमा १२, सुदूरपश्चिममा ९, गण्डकीमा ८, लुम्बिनीमा ५ र कर्णाली प्रदेशमा २ वटा घटना अभिलेख गरिएको काउन्सिलले जनाएको छ।

लैङ्गिक आधारमा हेर्दा यी घटनाबाट ११३ पुरुष र ६ महिला गरी ११९ जना पत्रकार पीडित भएको पाइएको छ।

प्रेस काउन्सिलका अनुसार सोही अवधिमा प्रेस स्वतन्त्रताको दुरुपयोगसम्बन्धी ४ वटा घटना पनि अभिलेख भएका छन्। तीमध्ये बागमतीमा २ तथा मधेस र कोशीमा १/१ घटना रहेका छन्।

प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रताको संरक्षणसँगै पत्रकारिता क्षेत्रमा मर्यादा, जिम्मेवारी र आचारसंहिताको पालनालाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ।

Comments are closed

Related Post