Shopping cart

  • Home
  • स्वास्थ्य
  • प्रधानमन्त्रीको आश्वासन- कोही कतै छुट्नुहुने छैन (पूर्णपाठ)
अर्थ

प्रधानमन्त्रीको आश्वासन- कोही कतै छुट्नुहुने छैन (पूर्णपाठ)

Email :70

काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई गराएका छन्  । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।

संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले अहिलेसम्मका कामबारे उल्लेख गरे ।

प्रधानमन्त्रीले भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ तथा हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढिरहेको धारणा राखे ।

सम्पर्कविहीन नागरिकको खोजी, घाइतेको उपचार तथा घरबारविहीनको अस्थायी र दीर्घकालीन पुनःस्थापनाको काम सरकारले निरन्तर अघि बढाउने उनको प्रतिबद्धता छ । ‘कोही कतै छुट्नु हुने छैन,’ प्रधानमन्त्रीले संसद् भने ।

यस्ताे छ पूर्णपाठ : 

Comments are closed

Related Post