Shopping cart

  • Home
  • स्वास्थ्य
  • परिवारले काजकरिया गर्दै गर्दा आमा जीवित भेटिइन्
देश

परिवारले काजकरिया गर्दै गर्दा आमा जीवित भेटिइन्

Email :69

काठमाडौं । भोटेकोशी बाढीमा बगेको ठानेर मृत्यु संस्कारसमेत गरिसकेकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठ ११ दिनपछि जीवितै उद्धार भएकी छन्।

नुवाकोटको विदुर–१०, बेत्रावतीस्थित घरको चौथो तलाबाट बाढीमा परेकी श्रेष्ठलाई शनिवार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। उद्धारपछि हेलिकप्टरमार्फत प्रारम्भिक उपचार गरी उनलाई काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ।

बाढीपछि आठ दिनसम्म खोज्दा पनि नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरी काजक्रिया सुरु गरेको थियो। तर, परिवारले मृत्यु भएको ठानेकी आमा ११ दिनपछि जीवित भेटिँदा आफन्तमा खुसी छाएको छ।

श्रेष्ठको खुट्टामा चोट देखिएकाले सामान्य शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्।

Comments are closed

Related Post