• Home
  • मुख्य समाचार
  • दशैंको टीकाको दोस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी
अर्थ

दशैंको टीकाको दोस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

Email :74

कतिपयले भने एकादशीको ब्रत लिएकाले भोलिमात्र टीका लगाउने गर्छन्।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ। मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्।
आजबाट दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र बाहिरिने सवारीसाधनको संख्यामा समेत बिहानैबाट बढेको छ। घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रन थालेका हुन्।

बुधबार र बिहीबारको तुलनामा आज मुख्य सडकमा चाप रहेको छ।

Comments are closed

सम्बन्धित समाचार