Email :175
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनीमा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिएको छ ।
चित्रकारको भारतमा उपचार सुरु भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरेर उनको उपचार सुरु भएको पारिवारिक श्रोतले जनाएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लगिएको हो ।
जेनजी आन्दोलनका क्रममा गत भदौं २४ मा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा इन्फेक्स्सन भएपछि बायाँ हात काटिएको छ । उनको निमोनिया निको नभएपछि उनलाई भारत लैजान लागिएको बताइएको छ ।














Comments are closed