Shopping cart

  • Home
  • समाज
  • गुरु पुरोहितको हातबाट राष्ट्रपतिले दसैंको टीका ग्रहण
देश

गुरु पुरोहितको हातबाट राष्ट्रपतिले दसैंको टीका ग्रहण

Email :128

काठमाडौ  । राष्ट्रपति रामचन्द्र पौडेलले गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गर्नुभएको छ ।

 

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलबार राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गर्नुभएको हो ।

 

उहाँले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गर्नुभएको हो । आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाईदिनुभएको थियो ।

Comments are closed

Related Post