Shopping cart

  • Home
  • समाज
  • कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट
अर्थ

कोइराला निवास मर्मतका लागि विनियोजित २ करोड बजेट

Email :44

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङको विराटनगरस्थित ‘कोइराला निवास’को मर्मत तथा सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई पत्र लेख्दै डा. कोइरालाले ‘राज्य सामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु।’ लेखेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मतका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो। सो कार्यका लागि सरकारप्रति आभार प्रकट गर्दै डा. कोइरालाले अहिलेको परिस्थितिमा रकम फिर्ता गर्ने निर्णय लिएका हुन्।

 

 

Comments are closed

Related Post