Shopping cart

  • Home
  • समाज
  • कैलाली कारागारका कैदीबन्दी सात ठाउँमा स्थानान्तरण
देश

कैलाली कारागारका कैदीबन्दी सात ठाउँमा स्थानान्तरण

Email :77

धनगढी। कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ ।

कारागारले २९ जना कैदीबन्दीलाई सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लासहित अन्यत्र पनि स्थानान्तरण गरेको हो । साउन २३ गते राति भएको हिंसात्मक घटनामा ४८ जना कैदीबन्दी घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो ।

उपचार पश्चात निको भएका २९ जना कैदीबन्दी स्थानान्तरण भइसकेको जेलर चिरञ्जिवी सापकोटाले जानकारी दिए  । एक जना भने कैद भुक्तान गरेर रिहा भएका छन् । कारागार प्रशासनले कञ्चनपुरमा छ, डडेल्धुरामा छ, बाँकेको नौबस्तामा पाँच, काठमाडौंमा पाँच जनालाई स्थानान्तरण गरेको छ । यसैगरी, डोटीमा तीन, बझाङमा तीन र नवलपरासीमा एक जनालाई स्थानान्तरण गरिएको छ ।

अब १८ जना कैदीबन्दीमात्रै स्थानान्तरण गर्न बाँकी रहेका छन् । उनीहरूमध्ये एक जनाको अझै सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने निको भएका १७ जनालाई कोभिड अस्पतालमा राखिएको छ ।

Comments are closed

Related Post