Email :14
काठमाडौ । काठमाडौं प्रहरीले ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषध, नगद तथा विभिन्न सामग्रीसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन १८ गते अपराह्न ५ बजे काठमाडौं महानगरपालिका–१ नागपोखरीस्थित प्रभात तिवारीको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले छापा मारेको थियो।
घरको कोठा तथा बा.७ च ५१८० नम्बरको सवारी साधनमा खानतलासी गर्दा ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ट्रामाडोलका २२९ क्याप्सुल, नाइट्राजेपामका ९०० ट्याब्लेट, नगद रु. १ लाख ९६ हजार ३ सय २५, तीन थान ल्यापटप, एक थान तराजु, एक थान सञ्चार सेट, एक थान एल्युमिनियम पेपर रोल र चार थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१ का ४३ वर्षीय प्रभात तिवारी, ललितपुर महानगरपालिका-४ का ५१ वर्षीय रोशन श्रेष्ठ, काठमाडौं महानगरपालिका-१४ का ५७ वर्षीय भूपेन्द्र श्रेष्ठ र हाल काठमाडौं महानगरपालिका-११ बस्दै आएका सर्लाही बरहथवा नगरपालिका-६ घर भएका ४० वर्षीय सुजन रायमाझी रहेका छन्।














Comments are closed