काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल बिहीबार साँझ सार्वजनिक गरेको छ।
यहि साउन २ र ३ गते परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा सहभागी कूल ७१ हजार ३ सय १० परीक्षार्थीमध्ये ५७ हजार ८ सय ९७ जना (८१ दशमलव १९ प्रतिशत) ले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन् । साथै, ३ जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको हाे।
प्राप्त नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म प्रतिविषय एक हजार रुपैयाँ दस्तुर बुझाएर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । त्यस्तै, परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको १० दिनपश्चात् तोकिएको दस्तुर बुझाई ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
बोर्डले नतिजामा कुनै प्राविधिक त्रुटि वा विवरण फरक परेमा नतिजा प्रकाशन भएको ६ महिनाभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएकाे हाे ।














Comments are closed