Shopping cart

  • Home
  • समाज
  • एकीकृत समाजवादीले नेतृत्व गरेको ईलामको सूर्योदय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कोशी प्रदेशमै पहिलो
अर्थ

एकीकृत समाजवादीले नेतृत्व गरेको ईलामको सूर्योदय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कोशी प्रदेशमै पहिलो

Email :489

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले नेतृत्व गरेको ईलामको सूर्योदय नगरपालिकास्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कोशी प्रदेशमै पहिलो भएको छ ।

संघीय मामिला तथा शासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/०८१ को नतिजा अनुसार स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको आधारमा ९० दशमलब ५० अंक सहित सूर्योदय नगरपालिका कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये पहिलो भएको हो । नतिजा अनुसार सूर्योदय नगरपालिका इलामका १० पालिका मध्ये पहिलो तथा देशका सात सय ५३ पालिकामा छैटौं स्थानमा परेको छ ।

 

संघीय मामिला तथा शासन मन्त्रालयले आ।व। २०८०/०८१ को नतिजाको गुणस्तर परीक्षण गर्दा सूर्योदय नगरपालिकाले शासकीय प्रवन्धमा ९, संगठन तथा प्रशासनमा ८, बार्षिक बजेट तथा योजना तर्जुमा ब्यवस्थापनमा ८ दशमलब ५० , बित्तीय एवम् आर्थिक ब्यवस्थापनमा ११,सेवा प्रवाहमा १३ दशमलब ५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ११,सामाजिक समाबेशीकरणमा ९, वातावरण संरक्षण तथा बिपद् ब्यवस्थापनमा ८ , सहकार्य र समन्वयमा ५ दशमलब ५० अंक गरी जम्मा ९० दशमलब ५० अंक प्राप्त गरी जिल्ला तथा कोशी प्रदेशको पहिलो तथा देशकै छैटौ स्थानमा पर्न सफल भएको छ ।

इलामकै इलाम नगरपालिका ९० अंक सहित कोशी प्रदेश तथा इलाम जिल्लाको दोस्रो भएको छ । त्यस्तै बिराटनगर महानगरपालिका ८७ दशमलब २५ अंक सहित प्रदेशमा तेस्रो भएको छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राई नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट निर्वाचित भएका नगर प्रमुख हुन् ।

Comments are closed

Related Post