Shopping cart

  • Home
  • समाज
  • इतर समूहको राष्ट्रिय भेलाका जवाफ गगन थापाले आज दिने
देश

इतर समूहको राष्ट्रिय भेलाका जवाफ गगन थापाले आज दिने

Email :43

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन्।

पार्टी मुख्यालय सानेपामा जारी बैठकको समापनका अवसरमा थापाले पछिल्लो समय पार्टीभित्र विकसित आन्तरिक समीकरण र इतर समूहको गतिविधिलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । आज ४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने जनाइएको छ।

उनले आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा आफू विरुद्ध उठाइएको प्रश्नको पनि जवाफ दिने नेताहरूले बताएका छन्।

हिजो एक कार्यक्रममा बोल्दै देउवा समूहको तीन दिने भेलाबारे सानेपामा पत्रकारलाई बोलाएर एक घण्टा जवाफ दिने बताएका थिए।

उनले देउवा समूहको भेलालाई लक्षित गर्दै पछिल्लो तीन दिनमा आफ्नो सबैभन्दा धेरै निन्दा भएको समेत टिप्पणी गरेका थिए।

Comments are closed

Related Post