Shopping cart

  • Home
  • स्वास्थ्य
  • अनेरास्ववियूद्वारा रसुवाका बाढीपीडितलाई राहत
अर्थ

अनेरास्ववियूद्वारा रसुवाका बाढीपीडितलाई राहत

Email :264

रसुवा । अनेरास्ववियूले बाढीपहिरो प्रभावित रसुवाका नागरिकलाई राहत वितरण तथा आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

केन्द्रीय अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको टोलीले नौकुण्ड गाउँपालिका–४ का २६ बाढीपीडित परिवारलाई घरदैलोमै पुगेर राहत सामग्री वितरण गरेको हो। त्यस्तै, उत्तरगया गाउँपालिका–बेत्रावती क्षेत्रमा खाद्यान्न, औषधि, लत्ताकपडा, सोलार, टर्चलाइट, भाँडाकुँडा तथा सरसफाइ सामग्री स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।

अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाले अभियान राहत वितरणमा मात्र सीमित नभई विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धता र मानवीय जिम्मेवारी भएको बताए। अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले प्रतिबद्धता जनाए।

Comments are closed

Related Post