Shopping cart

  • Home
  • शिक्षा
  • शुल्क घटाउन माग गर्दै अनेरास्ववियू (क्रान्तिकारी) रिले अनशनमा
शिक्षा

शुल्क घटाउन माग गर्दै अनेरास्ववियू (क्रान्तिकारी) रिले अनशनमा

Email :132

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार विभागको शुल्क अन्य विभाग सरह घटाउन माग गर्दै अनेरास्ववियू(क्रान्तिकारी)ले दोस्रो चरणको आन्दोलन सुरु गरेको छ।

संगठनका उपमहासचिव तथा उपत्यका विशेष प्रदेशका इन्चार्ज निरोज श्रेष्ठ र शुल्क शोषण विरुद्ध विद्यार्थी आन्दोलनका संयोजक मनिश चंलागाई  रिले अनशनमा बसेका छन्। यसअघि पहिलो चरणमा ७ दिनसम्म धर्ना दिइएको भए पनि माग वेवास्ता गरिएपछि दोस्रो चरणको रिले अनशन सुरु गर्न बाध्य भएको संगठनले जनाएको छ ।
अनेरास्ववियू(क्रान्तिकारी)का अनुसार शिक्षाध्यक्ष, रेक्टरलाई हिजो मात्रै कार्यकक्षमा प्रवेश गर्न दिइएको थियो, आन्दोलनको माग सम्बोधन हुने अपेक्षामा। तर, विश्वविद्यालय प्रशासनले मागलाई बेवास्ता गरेपछि संघर्ष चर्काउनुपरेको संगठनका नेताहरूले बताएका छन्।

रिले अनशन स्थलमा एकता र समर्थन जनाउन संगठनका केन्द्रीय उपाध्यक्षहरू बिराज थापा, दिपा जैशी, अटल आचार्य, मदन ढकाललगायत नेताहरू ज्ञान लाल तामाङ, अर्जुन पौडेल, सन्तोष चौहान, जितेन्द्र भण्डारी, प्रदिप भण्डारी, किरण सापकोटा, सितेष झा, प्रबिन दाहाललगायत उपस्थित छन्।

अनेरास्ववियु (क्रान्तिकारी)ले TU प्रशासनलाई चाँडै माग सम्बोधन गर्दै विद्यार्थीमाथिको शुल्क शोषण अन्त्य गर्न चेतावनी दिएको छ।

Comments are closed

Related Post