विस्तारै विस्तारै मानवजातीको विकासक्रमसगैं विकास भएको सामाजिकआर्थिक आवश्यकताका अनेकौं विषयहरू पछिल्लो अवधिमा अधिकारको रूपमा स्थापित भएका देखिन्छन् । यसरी स्थापित अधिकार पनि स्थान,भाषाभाषी ,सम्प्रदाय लिङ्ग र वर्णसगँ पनि जोडिएर अंग्रेजी र नेपाली व्याकरणमा रहेका असमान रूपमा व्याख्या भएका,लिङ्गिय रूपमा विभेदकारी देखिने उखान,टुक्का लगाउत प्रयोगमा / बोलचालमा देखिने व्यवहार जन्य विषयहरूमा पनि परिवर्तन या सुधार खोजिएको र संवैधानिक व्यवस्था भईसकेका कानुनि प्रावधानहरूको शिक्षालयहरूमा व्यवहारीक प्रयोग हुन जरूरी देखिन्छ ।
जहाँनियाँ राणा शासनको अन्त्य,प्रजातान्त्रिक व्यवस्था हुँदै निकै लामो अवधीको निर्दलिय पञ्चायती व्यवस्था पनि परिवर्तन गर्दै आएको दलिय व्यवस्थाले राजनीतिक व्यवस्था मात्रै होइन शैक्षिक सुधारका लागि पनि बौद्धिक र समय सान्दर्भिक बहस/ पैरवीले गरेको छ । नयाँ शिक्षा लागू भइसकेपछि भएको शिक्षकको हक अधिकारको आन्दोलन र सेवासुविधामा भएको परिवर्तनले नेपाली शिक्षकको पेसागत सुरक्षा सहित अन्य सेवासुविधामा पनि व्यापक सुधार भएको देखिन्छ । त्यहीँ कारण होला आधुनिक समाजमा शिक्षा सेवाभावबाट विस्तारै व्यवसायीक र व्यापारीक पनि बन्दै गइरहेको छ । निजि र सामुदायिकको संरचनामा व्यवस्था गरिएको अहिलेको नेपालको शिक्षा प्रणालीले परिवर्तित अवस्थाका विषयलाई कति सम्बोधन गर्न सकेको छ त ? सामुदायिक शिक्षासगँ जोडिएका नेपाली शिक्षकहरूले संविधान र कानुनमा व्यवस्था भइसकेका समावेशी र लिङ्गिय अवधारणाका विषयमा शिक्षणशिकाइ क्रियाकलापसगँ जोडिएका छन त ? भनेर काठमाडौ महानगरपालिका वडा नम्बर सात अन्तरगत रहेका सामुदायिक विद्यालयमा गरिएको छोटो अध्ययनको निष्कर्षलाई अध्ययन प्रतिवेदनको आधार बनाइ तल प्रस्तुत गरिएको छ ।
अध्ययनको उदेश्य : –
सामुदायिक विद्यालयका शिक्षकहरूमा समावेशी र लिङ्गिय अवधारणाको अवस्थामाको पहिचान र संबैधानिक र कानुनि व्यवस्थाको अवधारणासगँ शिक्षणशिकाइ क्रियाकलापको सम्बन्ध
अध्ययनको क्षेत्र : –
कानपाका दश सामुदायिक विद्यालयहरू
अध्ययनको परिधि :- सामुदायिक विद्यालयका २०० शिक्षक,विद्यार्थी ,अभिभावक र सरोकारवालाहरूसगँ गरिएको थियो ।
अध्ययनकालागि छनौट गरिएको पक्ष शैक्षिक व्यवस्थापनसगँ जोडिएको मानवश्रोत
अध्ययनको विधि : –
छलफल,प्रश्न उत्तर , अन्तरक्रिया
अध्ययनबाट आएका महत्त्वपूर्ण सकारात्मक पक्षका बुँदाहरू :
नेतृत्व लगनशिल ,प्रजातान्त्रिक र समयसापेक्ष परिवर्तित विषयमा जानकार हुनुपर्ने, परिवर्तनले ल्याएका विषयको खोजिनिधी गर्ने र स्विकार्न सक्ने हुनुपर्ने, संस्था र पेसागत धर्ममा सकृय र निरन्तरता दिन सक्ने, छलफल र सहभागीता मुलक शिक्षण क्रियाकलाप गर्न सक्ने, भाषा,धर्भ,संस्कृतिको नाममा जडताबाट माथि उठेको, वर्तमान अवस्थामा जातीय ,क्षेत्रिय,लिङ्गिय विषयमा संवेदनशील र सम्बोधन गर्न सक्ने अवस्थामा मात्रै समावेशी र लिङ्गिय विषयलाई सम्बोधन र लागू गर्न सकिने अवस्था रहेको देखिन्छ ।
समावेशिता शव्दसगँ जोडिए छलफल गर्दा शिक्षकहरूले उठाउनु भएका सकारात्मक र नकारात्मक पक्षहरू
सबैलाई समान व्यवहार गर्ने गरेको, खानपान,बस,उठमा विभेद छैन । शिक्षक पनि दलित समुदायको हुनुहुन्छ । हामी वीच फरक व्यवहार छैन । यो उदाहरण पनि हो । शहरमा विभेद अधिक कम छ । विषेश गरेर यस्ता सार्वजनिक संस्थाहरूमा फरक व्यवहार छैन र गर्नु पनि हुदैन । कतिपय अवस्थामा समावेशीता सम्झिदैन । छात्रवृत्ति लगायतका विषयले ध्यानाकर्षण गराउछ । पढ्नेले पढ्छन खोज्दै जान सकिन्न । समावेशी भनेर नपढ्नेलाई जवर्जस्ती पास गराउनु हुन्न ।अधिकार दिएको छ भन्दै खुरुखुरु नम्बर थप्न त मिलेन नि आदि ।
लैङ्गिक अबधारण र शिक्षकका अभिव्यक्त विचार
बोलचालका शैलीहरूमा पुरानो ढर्रा छ, सुधार गर्नु अनिवार्य पर्छ । हामी शैक्षिक व्यक्तिहरूले पनि शव्दको अर्थ नबुझी प्रयोग गर्दा लैङ्गिक विभेद भएको छ जस्तो लाग्छ । सबै उमेर सरहका मानिस र परिवर्तित समय , समानता , पहिचान साथै परिचयसगँ जोडिएका शव्दहरू प्रयोग गर्न शिक्षकहरूले अझै नसकेको देखिन्छ ।
वास्तवमा औंपचारिक पदहरू स्त्री लिङ्गि हुदैनन तर शिक्षकहरूले नै प्रयोगमा ल्याएका छौं । भन्ने भनाइ पनि शिक्षकबाट नै आउछ तर परिवर्तन गर्न गाह्रो भैरहेको अवस्था छ । विभेद पुर्ण अर्थ लाग्ने भाषिक प्रयोगका शब्द , उखान,उखान टुक्कन र वाक्यहरूको प्रयोग विद्यालयमा प्रयोग गर्न बन्द गर्नै पर्छ । हामीले प्रयोग गरेकै कारण साना नानीहरूले प्रयोग गर्दछन ।
माया र दया जोडेर प्रयोग गरिने भावनात्मक शव्दहरूले पनि लिङ्गिय विभेद गरेको देखिन्छ । नकली,नकचरी , बेश्या , काली आदि शव्दको प्रयोगले पनि विद्यालयमा छात्राहरूलाई अमैत्री व्यवहार र आत्मसम्मानमा चोट पर्न सक्छ । यस्ता विषयमा शिक्षक र अभिभावक दुबै सचेत देखिन्नन् । शिक्षक र शैक्षिक संस्थाहरूले यस्ता विषयमा पुनर्विचार गरेर रूपान्तरित हुनु जरूरी छ । समानताको शब्द सञ्जालमा शिक्षक,विद्यार्थी र अभिभावकको भुमिकामा परिवर्तन देखिनु पनि शिक्षाको सम्वृद्दी भित्र पर्ने एक प्रमुख विषय हो ।
यस्ता विषयमा सचेतना मुलक कार्यक्रम अति जरूरी देखिन्छ ।
रूपान्तरित हुन को – को सगँ जोडिनु पर्ला ?
शिक्षकहरू ,प्रधानअध्यापक,अभिभावक र विद्यालयसगँ सरोकारित सबैसगँ अनिवार्य रूपमा सचेतना कार्यक्रम गर्नुपर्ने देखिन्छ । कार्यस्थलमा कस्ता कस्ता शव्दको प्रयोगमा विभेद देखिन्छ ?
पद स्त्रीलिङ्ग र पुलिङ्ग हुदैन ज्ञानको अभाव प्र अ,शिक्षक, विधार्थी र विविस सगँ नै नभएको कारण सर/ मिसको सम्बोधन भएर शिक्षकहरूको सट्टा शिक्षिका र गुरुको सट्टा गुरुआमा साथै प्रधानअध्यापक नभनेर प्रधानअध्यापिकाको प्रयोग भएको भेटियो ।
।
नकारात्मक पक्षका बुदाँहरू :
शैक्षिक योग्यता र समान पद मात्रै होइन पदभन्दा माथिल्लो पद हुँदाहुँदै महिला,जनजातिहरुले जिम्मेवारी नपाउने अवस्था देखिएको भेटियो ।
अधिकाँस प्रअ नै समावेशी र लिङ्गिय विषयमा बोल्न रुचाउने तर विज्ञतामा सचेत नरहेको अवस्था भेटियो ।
निराकरणको लागि :
१) शिक्षकको प्रमुख भुमिका
२) वातावरण नीति,नियम,राजनीतिक अवस्था ,विद्यालयमा हुने र गरिने राजनीति ,विद्यालय व्यवस्था ,शिक्षक,प्रअ,अभिभावक विद्यार्थी सहजीकरण र कार्यनयनमा राज्यका सम्बन्धित निकाय र प्रतिनिधिको विशेष योजना र भुमिका अतिआवश्यक देखियो। त्यसका लागि प्रअले गर्ने नीतिगत निर्णय र अनुगमन ग्यापको सचेतना,र अनुगमन,अभिभावकको विद्यालयमा नियमितता : श्रम मा विमा हाल सम्म पनि कायमै छ । ,ठूला र सानो तहका विद्यालयमा नियमित अन्तरक्रिया गर्न जरुरी देखिन्छ ।
वर्तमान अवस्था :
विद्यालयमा हुने अनुगमन र तालिमहरूले यस्ता विषयमा खासै चर्चा र रूपान्तरणका लागि काम गरेको देखिन्न ।स्थानीय सरकारले यस्ता विषयमा खासै चासो दिएको देखिन्न । बौद्धिक र शैक्षिक अनुगमनको अभावका कारण सार्वजनिक शिक्षामा समावेशीकरण र लिङ्गिय सुधारका विषय खास चर्चामा छैनन् ।
महिला हिंसा,घरेलु हिंसा आदिका विषयमा पनि खास विद्यालयमा चर्चा चलेको देखिन्न । यथास्थितिवादी अनुगमले शिक्षामा सुधार हुने सम्भावना निकै कम देखिन्छ । शैक्षिक विकास र सुधारका विषयमा शिक्षण सिकाइ मैत्री वातावरणले मात्रै सुधार सम्भव देखिन्छ । अहिलेसम्म जनप्रतिनिधि आएपछि सुधार भएको कुरा : समावेशी र लिङ्गिय विषयमा कुनै कार्यक्रम लागू भएको छैन ।
विद्यालय निरीक्षकहरूको भुमिका : विद्यालयमा हुने अनुगमनहरु प्रशासनिक मात्रै देखिन्छन् । समावेशी लैङ्गिक तथा शैक्षिक देखिन्नन् । शिक्षण सिकाई समावेशी र लिङ्गिय विषयसगँ जोडिन अझै समस्या देखिन्छ भने छात्रा मैत्री बन्न सक्ने अवधारणा अझै छैन । शौचालय ,महिनावारी र महिलालाई पर्ने अन्य समस्या अझै विद्यालयमा छात्रा मैत्री हुन सकेका छैनन् । छात्रछात्राको भूमिका विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप सुधारका लागि निर्माणात्मक हुनु पर्छ भन्ने सिद्धान्त छ तर व्यवहारमा त्यहि ग्याप देखिन्छ । अनुगमन सुचना आफू अनुकुल र छड्के प्रवाह गर्ने र शिक्षकहरूको विदा स्वीकृत गर्ने जस्ता प्रशासनिक कार्यमा अल्झेको हो कि भन्ने भान हुन्छ । कतिपय बेला यस्तो अनुगमन पनि निष्कृयता देखिन्छ ।गुणस्तर मापनसगँ समावेशी र लिङ्गिय अवधारणालाई जोड्न सक्यो भने निम्न कुरामा सुधार गर्न सकिएला कि !
१)विद्यार्थीको रूपान्तरित व्यवहार
२)शैक्षिक गतिविधिको रूपान्तरित व्यहार र निर्माणात्मक व्यवहारमा सुधार
३) शैक्षिक अनुसन्धान ,नियमित शैक्षिक सुधारको विषयमा शिक्षक बैठक
४) विद्यार्थी,शिक्षक,अभिभावक ,विद्यार्थी प्रअ र विविस लगायत अन्य सरोकारवाला सबैको भूमिका परिवर्तित सकारात्मक सोचको विकास आवश्यक देखिन्छ ।
निष्कर्ष
शिक्षण पेसा सेवामुखी पेसा हो । पठन पाठन राम्रो बनाउन घर परिवार र विद्यालयको वातावरण पनि राम्रो हुनु र बनाउनु पर्छ । भाँडो अनुसार वस्तु भने झै समावेशीता, लैङ्गिक जस्ता विषयको अध्ययन गर्दा अध्ययनका क्षेत्रको धेरै भए । सबैका विषयलाई सम्बोधन गर्दा गर्दै विद्यार्थीहरूले ग्रहण गर्न नसकने विषय वस्तु र एक वर्षमा नसकिने भेगिलो विषय क्षेत्र बनेकोकारण विद्यार्थीहरुको अध्यययनमा पनि समस्या देखिएको भान भयो । त्यसैले पाठ्यक्रम विकास केन्द्रले विषयलाई सरलीकरण गर्न जरूरी देखिन्छ । पाठ्यक्रमको विषय निर्धारणमा शिक्षकहरूको भुमिका महत्त्वपुर्ण बनाउनु पर्ने विषय सहजीकरण गर्नु पर्ने देखिन्छ । सरोकारवाला सबैमा शिक्षा विषय विज्ञताप्रति राज्यको नकारात्मक धारणा रहेको जस्तो देखिन्छ भन्ने बुझाइ छ। यस्तो बुझाईले गर्दा शिक्षकको मूल्याकन वस्तुपरक नभएको तथ्यांकपरक केन्द्रीकृत छ भन्ने बुझाइ छ। पाठ्यक्रम पनि समयअनुसार परिवर्तन भए पनि व्यवहारीक भएको छैन । विज्ञअनुसार परिवर्तन गरिएको कारण समस्या भएको भन्ने छ।
राज्यले सामुदायिक विद्यालयको मापन गर्दा व्यवहारिक पक्षको मूल्यांकन गर्न विर्सनु हुदैन । अभिभावकको दैनिकीले नानीहरूको शैक्षिक अवस्थामा प्रभाव पारेको देखिन्छ । वातावरण,संगत सँगै पारिवारिक अन्तरविरोध ,गृह कलहले नानीहरू भोकै विद्यालय आएका धेरै उदाहरणहरू छन् । केही सरोकारवालाको भनाई: राज्यले व्यवस्था गरेका संवैधानिक र कानुनी विषयमा जानकारी गराउने विषय शिक्षकले या विज्ञले अर्कोलाई दोष लगाएर पन्सन मिल्दैन ,भन्ने पनि छ।
परिवर्तित समसामयिक र नेपाली जनजीवन सुहाँउदो पाठ्यक्रमको लागि तालिम सुधार र पुर्नताजिकालागि हुनु पर्छ । पद र जिम्मेवारीप्रतिको लगाव र इमानदारिता खोज्नु पर्छ ।अभिभावकको अवस्थामा सुधार ल्याउन विद्यालयले शैक्षिक चेतना विकासका कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।
समयसापेक्ष परिवर्तनलाई शिक्षकले स्विकार्न सक्नु पर्ने देखिन्छ ।विचारको विरोधाभासको अवस्थामा विज्ञको विमर्शबाट समस्या हल गर्ने परिपाटी विकास गर्न अति आवश्यक देखिन्छ । सबै सरोकारवालाको भनाइ र व्यवहार गराइमा एकरूपता कायम गर्न सक्नु पर्ने देखिन्छ ।समकालीन समाजको आवश्यकता बुझेर पाठ्यक्रममा सुधार गर्न जरुरी देखिन्छ । राज्यले सार्वजनिक शिक्षामा समावेशी र लैङ्गिकता जस्ता विषयमा थोरै लगानी गरेर धेरै परिणाम खोजेको जस्तो देखिन्छ । शिक्षा देश विकासको मुल आधार मात्रै होइन,बाल विकाशको मुख्य अवधारणा निर्माण गर्ने जग हो । यहि जगले समानता र समताको अवधारणालाई सञ्चार गर्ने चेतनाको आधार तयार गर्ने गर्छ । यस्तो आधार स्तम्भ निर्माण गर्ने जगमा राज्यको लगानीको महत्त्व बढ्नुको सट्टा ह्रासको अवस्था देखिन्छ । ह्रास मात्रै होइन शिक्षासँग सरोकारित समूहको निष्कृयता भन्ने प्रश्न उठ्न सक्ने अवस्था देखिन्छ ।
लघु अध्यययन प्रतिवेदन














Comments are closed