Shopping cart

  • Home
  • मुख्य समाचार
  • विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश
अर्थ

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

Email :41

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सम्बन्धित निकायलाई पौडेलको पक्राउ र हिरासतबारे स्पष्ट आधार तथा कारण पेश गर्न निर्देशन दिएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा प्रहरीले पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको थियो। त्यसपछि विशेष अदालतले अनुसन्धानका लागि उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

पक्राउ र थुनाको प्रक्रिया कानुनसम्मत नभएको दाबी गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्। सोही निवेदनमाथि भएको प्रारम्भिक सुनुवाइपछि अदालतले कारण देखाऊ आदेश जारी गरेको हो।

अब सम्बन्धित पक्षबाट लिखित जवाफ प्राप्त भएपछि अदालतले थप कानुनी प्रक्रिया अघि बढाउनेछ। यो घटनाक्रमलाई राजनीतिक तथा कानुनी क्षेत्रले चासोपूर्वक हेरिरहेका छन्।

Comments are closed

Related Post