Shopping cart

  • Home
  • राजनिती
  • वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका
देश

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका

Email :151

लोकनाथ धमला

नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक, महान् जननेता पुष्पलाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार, संगठित दिशा र राष्ट्रिय आवश्यकता अनुरूपको राजनीतिक दृष्टिकोण प्रदान गर्नुभएको थियो भन्ने मेरो ठम्म्याई छ। उहाँले राष्ट्रियता, जनवाद र समाजवादलाई नेपाली समाज रूपान्तरणको आधारका रूपमा अघि सार्नुभएको थियो। आज उहाँको ४८औँ स्मृति दिवसका अवसरमा उहाँका विचार र योगदानको स्मरण गर्नु मात्र पर्याप्त हुँदैन, ती विचारलाई वर्तमान परिस्थितिमा कसरी व्यवहारमा उतार्ने भन्ने विषय अझ महत्वपूर्ण बनेको छ भन्ने बिचार जगनाथ खतिवडाले राख्नु भएको देखिन्छ।

यसैगरि सहसंयोजक माधव कुमार नेपालले नेपालको वर्तमान राजनीतिक अवस्था अवसर र चुनौती दुवैले भरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि राजनीतिक स्थायित्व, सुशासन, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र जनविश्वास सुदृढ गर्ने काममा अझै धेरै चुनौतीहरू बाँकी छन्। युवाको विदेश पलायन, उत्पादनमा कमी, भ्रष्टाचारप्रतिको चिन्ता, महँगी तथा सेवा प्रवाहका समस्याले जनताको अपेक्षा बढाएको छ।
यस्तो अवस्थामा वामपन्थी दलहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ भन्ने अवधारणा प्रस्तुत गरेको देखिन्छ।
बिषय बस्तुको गाम्भिर्यतालाई मध्य नजर गर्दै नेकपाका संयोजक कमरेड पुष्प कमल दाहाल प्रचण्डले वामपन्थी दलहरूले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्दै लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउन योगदान गर्नुपर्छ।
जनताको जीवनसँग प्रत्यक्ष जोडिएका विषय-रोजगारी, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि नीतिगत पहल गर्नुपर्छ।
सुशासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा लागू गर्दै जनविश्वास पुनःस्थापित गर्न आवश्यक छ भन्ने धारणा अभिव्यक्त भयको देखिन्छ। वामपन्थी दलहरूबीच नीति र कार्यक्रमका आधारमा संवाद, सहकार्य र आवश्यक परे लोकतान्त्रिक प्रक्रिया मार्फत एकताको सम्भावना बारे पनि गम्भीर छलफल हुन सक्छ। यसले जनतामा स्पष्ट विकल्प प्रस्तुत गर्न सहयोग पुर्‍याउन सक्छ।
पुष्पलाल श्रेष्ठले कम्युनिस्ट आन्दोलनमा वैचारिक स्पष्टता, जनतासँगको सम्बन्ध र राष्ट्रिय हितलाई विशेष महत्व दिनुभएको थियो भन्नुभयो। उहाँको दृष्टिमा कम्युनिस्ट आन्दोलन जनताको सेवा गर्ने आन्दोलन हुनुपर्छ। आज पनि यो सन्देश सान्दर्भिक छ।

आजको नेपालमा वामपन्थी दलहरूले सत्ता प्राप्तिलाई मात्र लक्ष्य नबनाई, जनताको विश्वास जित्ने, लोकतान्त्रिक मूल्यको सम्मान गर्ने, आर्थिक विकास र सामाजिक न्यायलाई व्यवहारमा उतार्ने तथा राष्ट्रिय हितलाई केन्द्रमा राख्ने राजनीति गर्न आवश्यक छ थपनु भयो।
अन्त्यमा, पुष्पलाल श्रेष्ठप्रति सच्चा सम्मान भनेको उहाँका विचारको अन्धानुकरण गर्नु होइन, बरु वर्तमान नेपालको आवश्यकता र लोकतान्त्रिक मूल्य अनुसार ती विचारबाट प्रेरणा लिएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नु हो भन्नु भयो।

यसरी हेर्दा नेपालको राजनीतिक परिवर्तनमा वामपन्थी आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ। राणा शासनको अन्त्यदेखि पञ्चायत विरुद्धको आन्दोलन, २०४६ सालको जन आन्दोलन, २०६२/६३ को जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म वामपन्थी दलहरूले विभिन्न चरणमा महत्वपूर्ण भूमिका खेलेका छन्। आज नेपाल नयाँ चरणमा प्रवेश गरेको छ, जहाँ राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायमा रूपान्तरण गर्नु सबैभन्दा ठूलो चुनौती बनेको छ।
वर्तमान अवस्थामा जनताले राजनीतिक दलबाट स्थिर सरकार, रोजगारी, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासको अपेक्षा गरेका छन्। यस्तो अवस्थामा वामपन्थी दलहरूले आफ्नो भूमिका अझ प्रभावकारी बनाउन आवश्यक छ।

वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण तर्फ ध्यान दिदा
नेपालमा संविधान कार्यान्वयनको प्रक्रिया अघि बढिरहेको छ। संघीय शासन प्रणाली संस्थागत हुँदै गएको छ। तर केही प्रमुख चुनौतीहरू अझै विद्यमान छन्, जुन यस प्रकार लिन सकिन्छ।

१. राजनीतिक अस्थिरताको जोखिम।
२. बेरोजगारी र युवा विदेश पलायन।
३. कृषि र उद्योगको अपेक्षित विकास हुन नसक्नु।
४. भ्रष्टाचारप्रति जनचासो।
५. सुशासन र सेवा प्रवाहमा सुधारको आवश्यकता।
६. लोकतान्त्रिक संस्थाप्रति जनविश्वास सुदृढ गर्ने चुनौती।

यी विषयमा विभिन्न राजनीतिक दल र विश्लेषकका दृष्टिकोण फरक–फरक हुन सक्छन्, तर सुधारको आवश्यकता रहेको भन्ने विषयमा व्यापक सहमति देखिन्छ। साथै वामपन्थी दलहरूको मुख्य भूमिका निम्न प्रकार हुनुपर्दछ भन्ने लाग्छ।

१. लोकतन्त्र र संविधानको संरक्षण,
संविधानको प्रभावकारी कार्यान्वयन, कानुनी शासन, नागरिक अधिकार र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमा योगदान दिनु अत्यंत आवश्यक छ।

२. उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि, उद्योग, पर्यटन, जलविद्युत् र सूचना–प्रविधिमा लगानी बढाई रोजगारी सिर्जना गर्ने नीति अघि बढाउनु आबस्यक छ।

३. सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र अवसरमा समान पहुँच सुनिश्चित गर्न पहल गर्नु बामपन्थीहरुको अर्को ठुलो जवरगांठ कार्य ठानिन्छ।

४. सुशासन र पारदर्शिता,
भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चको पारदर्शिता र उत्तरदायी प्रशासनलाई प्रोत्साहन गर्नुपर्छ।

५. युवा र श्रमिक सशक्तीकरण, सीप विकास, उद्यमशीलता, श्रमिक अधिकारको संरक्षण र स्वदेशमै अवसर विस्तार गर्ने नीति अघि सार्नु आबस्यक छ।

६. राष्ट्रिय स्वाधीनता,
नेपालको सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखी सन्तुलित परराष्ट्र नीति अपनाउन जहिल्यै जोड दिनुपर्दछ।

७. जनतासँग निरन्तर संवाद चलाउदै, जनताको आवश्यकता, सुझाव र गुनासो सुनेर नीतिनिर्माणमा समावेश गर्ने अभ्यास विकास गर्नु आवस्यक छ।

८. संगठन सुदृढीकरण गर्दै आन्तरिक लोकतन्त्र,अनुशासन, पारदर्शिता र राजनीतिक शिक्षालाई बलियो बनाउनु अर्को महत्वपूर्ण कदम मानिन्छ।

 भविष्यका प्राथमिकतामा
उत्पादन र रोजगारीमा केन्द्रित आर्थिक नीति,
शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार,
प्रविधि र नवप्रवर्तनमा लगानी,संघीय शासनलाई प्रभावकारी बनाउने प्रयास अथक हुनुपर्दछ भने
सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्ने पहल पनि बामपन्थीहरूकै कांधमा रहेको छ।

अर्कोतिर वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका केवल सत्ता सञ्चालन वा प्रतिपक्षमा सीमित हुनु हुँदैन। उनीहरूले लोकतन्त्र, सामाजिक न्याय, आर्थिक विकास, सुशासन र राष्ट्रिय हितलाई केन्द्रमा राखी जनविश्वास जित्ने प्रयास गर्नुपर्छ। सिद्धान्त र व्यवहारबीचको दूरी घटाउँदै जनमुखी, उत्तरदायी र परिणाममुखी राजनीति गर्न सके वामपन्थी दलहरूले नेपालको समृद्धि र स्थिरतामा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छन् भन्ने जन अबधारणा रहेको देखिन्छ।

Comments are closed

Related Post